राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १० पुष, २०८१
काठमाडौँ। नेपालका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) रु ६५ अर्बभन्दा बढी प्रिमियम सङ्कलन गरेका छन् ।
कुल ६५ अर्ब ७४ करोड रुपैयाँमध्ये १२ अर्ब ४७ करोड रुपैयाँ पहिलो पटकको प्रिमियमबाट, १ अर्ब १८ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाबाट र ५२ अर्ब ८ करोड रुपैयाँ नवीकरण प्रिमियमबाट आएको हो ।
प्रमुख सङ्कलनकर्तामा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ७ अर्ब ६६ करोड र नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ९८ करोड रहेका छन् । धेरै अन्य कम्पनीहरूले पनि उल्लेखनीय संकलन रिपोर्ट गरेका छन्।