राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असोज १९ काठमाडौँ I नेपाली बजारमा साताको दोस्रो दिन सोमबार (असोज १९) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
मूल्यमा गिरावट आएसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सुधार देखिएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा सीमित भएको थियो ।