राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८३ साउन २४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।