राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ असोज १८ काठमाडौँ I नेपाली बजारमा असोज १८ आइतबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आइतबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।