राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ४ चैत्र, २०८१
६ चैत्र २०८१, काठमाडौं । नेपाली बजारमा सुनको हाल सम्मको उच्च रहेको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।
आज बुधबार सुन प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । मंगलबार (चैत ५ गते) सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।