मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

साउथ एसियन ट्राभल अवार्ड–२०२३ बाट “भ्यू होटल सिद्धार्थ” सम्मानित ।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ आश्विन, २०८०

साउथ एसियन ट्राभल अवार्ड–२०२३ बाट “भ्यू होटल सिद्धार्थ” सम्मानित ।

नेपालगन्ज ।(बाँके) पवन जायसवाल 
सिद्धार्थ बिजनेस ग्रुपद्वारा बाँकेको नेपालगञ्जमा सञ्चालित “भ्यू होटल सिद्धार्थ” साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
    मिटिङ तथा कन्फ्रेरेन्स होटल÷रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै साउथ एसियन ट्राभल अवार्ड २०२३’ अवार्डबाट भ्यू होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताएका छन् ।


नेपाल सहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । सोही अन्तर्गत यस वर्षको सो अवार्ड भ्यू होटल सिद्धार्थ नेपालगञ्जले पाएको छ ।
होटलका तर्फबाट सो अवार्ड कार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट सहभागी रहेका थिए ।


भ्यू होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । १ १०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा÷सम्मेलन गर्न सकिने व्यवस्था रहेको होटलले जनाएको छ ।
फोर स्टार स्ट्याण्डर्डको यो होटल वि.सं.२०६५ भदौ देखि सञ्चालनमा आएको हो ।
होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १ सय २५ वटा रुम रहेका छन् । फाइभ स्टार स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा रहेको छ । जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव पनि लिन सक्ने छन् ।
होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ ।
होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर, नेपालगञ्जको पुरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्क लगायत छन् । जहाँ होटलका ग्राहकहरूले मज्जाले अवलोकन गर्न सक्नेछन् । 


लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर आएपछि २५ वर्षअघि कैलालीको टिकापुरमा उहाँले सानो व्यवसायबाट शुरू गरेका व्यवसाय अहिले विस्तार भएर सिद्धार्थ ग्रुप देशैभर फैलिएको छ ।
ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ ।  चितवनको सौराहामा सिद्धार्थको लग्जरी रिसोर्ट केही समय भित्रै खुल्ने बताइएको छ ।
सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ’एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ ।
जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।
ग्रपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ’सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।
बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रप अन्तर्गतका होटल हुन् ।

 
बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र  नेपालगञ्जमा एक एक वटा गरी ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

advertisement_1680627706.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg