बुधबार, ३० बैशाख, २०८३

आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ बैशाख, २०८३

आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

२०८३ बैशाख २५, काठमाडौं । सरकारले रिक्त रहेका तथा रिक्त हुने क्रममा रहेका मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउँदै दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको उपकुलपति छनोट तथा सिफारिस समितिुले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।

समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।


advertisement_1680627706.gif