राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३
२०८३ बैशाख २८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही बेरमा सार्वजनिक तयारी गर्दैछ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, अहिले साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिने बताए ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’ मा गएर एसईईको नतिजा हेर्न सकिने जनाएको छ ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी भएका थिए ।
