शुक्रबार, २ फाल्गुन, २०८१

एसइईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १८ जेष्ठ, २०८१

एसइईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गरिने

काठमाडौँ, जेठ १८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif