शुक्रबार, ४ जेष्ठ, २०८१

advertisement_1712329002.jpg

इलाम-२ मा ५७ प्रतिशत मतदान, आजै गणना सुरु गर्ने तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १५ बैशाख, २०८१

इलाम-२ मा ५७ प्रतिशत मतदान, आजै गणना सुरु गर्ने तयारी

काठमाडौं । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

मतदान सम्पन्न पश्चात् मतगणना स्थल सदरमुकामको गौतमबुद्ध सभागृहमा  मतपेटिका ल्याउने क्रम जारी रहेको बताइएको छ। इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातिबाटै मत गणना सुरु गर्ने र भोलि बेलुकासम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत घिमिरे बताए ।

मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटीहल) मा हुनेछ । ०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

उपनिर्वाचनमा इलाममा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

advertisement_1676551537.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg