राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ६ कार्तिक, २०८१
काठमाडौं, कार्तिक ६ । ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न पत्रचार गरेको हो । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।
इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन्।
सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ ।