शनिबार, २ जेष्ठ, २०८३

नेकपा एमालेको सचिवालय बैठक स्थगित, आगामी सोमबार बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

नेकपा एमालेको सचिवालय बैठक स्थगित, आगामी सोमबार बस्ने

२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । काठमाडौं सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) को आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको उक्त महत्वपूर्ण बैठक आगामी सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

कार्यालय सचिव डा. अधिकारीका अनुसार आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरी सोमबारका लागि सारिएको हो ।

एमालेले जेठ ३ गते (भोलि) आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ । सोही राष्ट्रिय दिवसको व्यवस्थापन र तयारीमा नेताहरू व्यस्त हुनुपरेकाले बैठकको समय तालिका परिवर्तन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

advertisement_1676998982.gif