बिहीबार, १३ कार्तिक, २०८३

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज हुँदै

२०८३ कार्तिक १२ काठमाडौँ । नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) गर्न लागेको हो ।

सभापति गगन कुमार थापाले भने असोज ३१ गते शपथ ग्रहण र पद बहाली गरेका थिए ।

आज दिउँसो २ बजे काँग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।

१८–२३ असोजमा सम्पन्न काँग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

advertisement_1676553908.gif
अन्य समाचार