शनिबार, २२ चैत्र, २०८१ 12:34:33 PM

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

१२ चैत्र २०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कुलमानलाई हटाउने निर्णय अन्यायपूर्ण र अपमानजनक रहेकाले सरकार व्यापक हुनुपर्ने बताएका हुन् ।

‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ ।’

माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ ।‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ माओवादीले भनेको छ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि माओवादीले आरोप लगाएको छ  ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ,’ माओवादीको विज्ञप्तिमा भनिएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif