राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ बैशाख २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।
त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
रास्वपाले आफ्नो सांगठानिक संरचनालाई बलियो बनाउँदै आगामी निर्वाचन र महाधिवेशनको तयारीलाई तीव्रता दिन आजको बैठकमा महत्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ ।