राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २४ पुष, २०८२
२०८२ पुष २४, काठमाडौं । बलिउड सुपरस्टार संजय दत्त काठमाडौं आइपुगेका छन् ।
विहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दत्तलाई नेपाली ढाकाटोपी लगाएर भव्य स्वागत गरिएको थियो ।
एक क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका संजय दत्तले आज राति उक्त कार्यक्रम सम्पन्न गरेपछि शुक्रबार भारत फर्किने कार्यक्रम रहेको बताइएको छ ।
यसै क्यासिनोले आउँदो साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउने तयारी गरिरहेको जनाइएको छ ।