मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० असार, २०८१

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेण्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेण्ड रनरअप विश्वकर्माले पाँच लाख नगद पुस्कार पाएका छन् । थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।

यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए । शनिबार साँझ प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेललगायत प्रस्तुति दिएका थिए ।
शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए ।

यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन् । उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिजन ४ मा भूपेन्द्र थापा मगरले उपाधि चुम्दा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए । सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन–५ का लागि देशभरिबाट १५२ जना छानिएका थिए ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg