बिहीबार, १५ आश्विन, २०८३

प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात

२०८३ असोज १४ काठमाडौँ I रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब पाँच करोड ९९ हजार ७२९ रुपैयाँ मौज्दात रहेको छ ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ७१ लाख छ हजार ८२२ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

advertisement_1680627680.gif