बुधबार, १९ चैत्र, २०८१

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १७ चैत्र, २०८१

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

१८ चैत्र २०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif