मंगलवार, १८ चैत्र, २०८१

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १४ चैत्र, २०८१

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

१५ चैत्र २०८१, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ  । गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो । 

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा सुबास आचार्यका अनुसार उनको घाँटीमा गोली लागेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif