शनिबार, १३ भाद्र, २०८३

रसुवा बाढी अपडेट : ६१६ जनाको शव फेला

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रसुवा बाढी अपडेट : ६१६ जनाको शव फेला

२०८३ भदौ १३ काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

उद्धार तथा राहत कार्यका लागि देशभर ४,८११ जना प्रहरी कर्मचारी परिचालित छन् । 

advertisement_1676551646.gif
अन्य समाचार