शुक्रबार, १२ भाद्र, २०८३

रसुवा बाढी : ४६९ जनाको शव फेला

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

रसुवा बाढी : ४६९ जनाको शव फेला

२०८३ भदौ १२ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ । 

प्रहरीका अनुसार फेला परेका शवमध्ये नवलपरासी पूर्वमा ११० र चितवनमा १७८ जनाका छन् । त्यस्तै‚ गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।

यसैगरी बाढीबाट १ हजार ५४५ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८४ रहेको जनाइएको छ ।

प्रहरीतर्फ भने १८ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । 

advertisement_1680627680.gif