शुक्रबार, ३ जेष्ठ, २०८२

तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

१ जेठ २०८२, काठमाडौँ । तीनकुने घटनामा संलग्न आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाहरूलाई अदालतले थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका हुन् ।

अवाञ्छित गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका र आपराधिक उपद्रव र सङ्गठित अपराध मुद्दामा अहिले २७ जना थुनामा छन् । यसअघि ४२ जना थुनामा भए पनि अनुसन्धान पुरा भएकाहरूलाई हाजिर जमानीमा छाडिएको एसपी बोहराले जानकारी दिए । 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif