शुक्रबार, १४ कार्तिक, २०८३

चक्रवात ‘अर्नब’को प्रभाव: सातै प्रदेशमा भारी वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

चक्रवात ‘अर्नब’को प्रभाव: सातै प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ कार्तिक १३ काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू(भागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका धेरै स्थानमा  चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । 

आज राति  देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ । 

advertisement_1676551646.gif
अन्य समाचार