आईतवार, २० बैशाख, २०८३

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध: सावधानी अपनाउन प्रहरीको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध: सावधानी अपनाउन प्रहरीको आग्रह

२०८३ बैशाख २०, काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा मुख्य राजमार्ग तथा सडकखण्डहरू आज बिहान खसेको पहिरोका कारण देशका चार प्रमुख स्थानमा यातायात ठप्प भएको छ । कान्ति लोकपथ (ललितपुर) बागमती गाउँपालिका–३ पाङ्दुरस्थित सडकखण्ड पहिरोले थुनिएको छ । भालुवाङ–प्युठान सडक (प्युठान) सरुमारानी गाउँपालिका–४ खहरे खोलामा आएको पहिरोले सडक पूर्ण अवरुद्ध छ ।

कान्ति लोकपथ (मकवानपुर) भीमफेदी गाउँपालिका–८ भरेङ डाँडामा पहिरो खसेको छ । मध्यपहाडी लोकमार्ग (लमजुङ): मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा सडक अवरुद्ध भएको छ ।

यसअघि वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा खसेको पहिरो अझै पन्छाउन नसकिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आंशिक रूपमा सञ्चालित सडकहरू यस प्रकार रहेका छन् । लामो प्रयासपछि केही अवरुद्ध सडकहरू भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्: भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग (वैशाख १२ को बाढीपछि अवरुद्ध)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड (वैशाख १६ को पहिरोपछि अवरुद्ध) ।

वर्षातको समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सञ्चालनमा रहेका सडकहरूमा पनि अत्यन्तै सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ । अहिले विभिन्न स्थानमा पहिरो पन्छाउने र सडक सुचारु गर्ने कार्य जारी रहे पनि निरन्तरको वर्षाले गर्दा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

advertisement_1676553908.gif