बिहीबार, १८ असार, २०८३

हवाई इन्धनको मूल्य घट्यो, नयाँ भाडा दर बुधबारबाटै लागू

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

हवाई इन्धनको मूल्य घट्यो, नयाँ भाडा दर बुधबारबाटै लागू

२०८३ असार १७, काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ । प्राधिकरणले हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ घटाएर बुधबारबाटै लागू हुने गरी नयाँ भाडा दर कायम गरेको हो ।

संशोधित मूल्य अनुसार अब काठमाडौं–माउन्टेन फ्लाइटको फ्यूल सरचार्ज ९ हजार २३५ रुपैयाँबाट घटेर ७ हजार ८६० रुपैयाँ कायम भएको छ भने सबैभन्दा लामो नेपालगन्ज–भद्रपुर रुटको सरचार्ज १५ हजार ७२५ रुपैयाँबाट १३ हजार ३९० रुपैयाँमा झरेको छ ।

यसैगरी, नयाँ व्यवस्था अनुसार काठमाडौंबाट हुने विभिन्न उडानहरूको फ्यूल सरचार्जमा पनि उल्लेखनीय गिरावट आएको छ।अब काठमाडौं–धनगढी रुटको सरचार्ज १० हजार १२० रुपैयाँ, काठमाडौं–सुर्खेतको ७ हजार ९१५ रुपैयाँ, काठमाडौं–भरतपुरको ६ हजार ८७५ रुपैयाँ, काठमाडौं–विराटनगरको ५ हजार ५ सय रुपैयाँ र काठमाडौं–पोखरा रुटको सरचार्ज ३ हजार ६३५ रुपैयाँ कायम गरिएको छ ।

advertisement_1676998982.gif