शनिबार, ३ फाल्गुन, २०८१

जेठयता हालसम्‍म विपद्‌बाट ८० जनाको मृत्यु, २ हजार ७६४ घरपरिवार विस्थापित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ असार, २०८१

जेठयता हालसम्‍म विपद्‌बाट ८० जनाको मृत्यु, २ हजार ७६४ घरपरिवार विस्थापित

काठमाडौं, असार २३ । नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ । मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढीको कारण हालसम्म १६१ घरहरू डुबानमा परेका छन् । १३८ वटा घर,  ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।

विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif