शुक्रबार, २ फाल्गुन, २०८१

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ श्रावण, २०८१

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौं, साउन १६ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बाग्मती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

यसअघिका बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पा घर भएका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङ घर भएका यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif