बिहीबार, १८ असार, २०८३

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

२०८३ असार १७, काठमाडौँ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा र सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले खुला आवेदनमार्फत संकलित उम्मेदवारहरूको मूल्यांकन र अन्तर्वार्ता गरी सिफारिस गरेका नामहरूका आधारमा कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहले उनीहरूलाई नियुक्त गरेका हुन्।त्रिवि सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ यी नियुक्तिहरू गरिएका हुन्।

नवनियुक्त अध्यक्ष थापा आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित हुनुका साथै नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समयको अनुभव बोकेका व्यक्तित्व हुन्। उनले यसअघि शहरी विकास, शिक्षा, संस्कृति तथा पर्यटन मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

आफ्नो सेवाकालमा राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा नीति तथा नेपाल पर्यटन वर्ष २०११ जस्ता देशका महत्वपूर्ण नीति तथा कार्यक्रमहरूको निर्माण र कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

advertisement_1680627706.gif