राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १९ फाल्गुन, २०८१
१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयाघातको लक्षण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । हृदयाघातका कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।
निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको पूर्वाराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी पाठकले जानकारी दिए ।
तिमिल्सिनाका अनुसार पूर्वयुवराजलाई अस्पतालमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको तिमिल्सिनाले बताए ।