मंगलवार, २७ फाल्गुन, २०८१

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ श्रावण, २०८१

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं, साउन ६ । लगातार परिरहेको अविरल वर्षाको कारणले देशभर डेङ्गु सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ७३ वटा जिल्लाका एक हजार ६ सय ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल जानकारी दिए ।

दाहालले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा. दाहालले बताए ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न सक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्न सक्ने आँकलन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

वर्षाका बेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढेको मंत्रालयले जानएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif