शुक्रबार, २ फाल्गुन, २०८१

उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर मार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १३ जेष्ठ, २०८१

उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर मार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

काठमाडौं । वर्तमान युग विज्ञानको युगहो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ ।अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै लिइरहेका छन् । 

विज्ञानको उपहारको रुपमाविकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ

“हेल्थयादआयो” नामक नीजि क्षेत्रको संस्थाले कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत वडा नं. ९ स्थित पेप्सीकोला एपार्टमेन्टमा शनिवार आयोजित स्वास्थ्यशिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्यपरिक्षण, दन्तचिकित्सा तथा ल्याव परिक्षण सेवामा पेप्सीकोला एपार्टमेन्टमा भित्र र आसपासका बासिन्दाले पाएकाहुन् विहान७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा पेप्सीकोला एपार्टमेन्टमा बसोवास गर्ने ८१ जना महिला तथा पुरुषले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएकाथिए । 
मोवाइलएम स्वास्थ्य सेवाको बारेमा सचेतना फैलाउने उद्देश्यले हरेक शनिवार उपत्यकाका बिभिन्न क्षेत्रमा शिविर सञ्चालन गर्न थालिएको आयोजक संस्थाले जनाएको छ । 

काठमाडौं कोवी केयर हेल्थ सेन्टर र सूर्य डाइग्नोष्टिक ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्त रोगको परिक्षण निःशुल्क गरिए तापनि विभिन्न किसिमका रोगहरुको लागि रगत   तथा पिसाब संकलन र परिक्षणहरु भने तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्कअर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो

पाँच वर्षको बालक देखि ८५वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेमा  सचेतनामूलक प्रवचन दिएका थिए भने “हेल्थ याद आयो” का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमाआएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्य मुलुकका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धि जानकारी दिनुभएको थियो । 

एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवाशुरु गरिएको “हेल्थयाद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेकाअनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालको प्रमुख १० प्रमुखशहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवालिन सक्ने सुविधाउपलब्ध गराइएको छ । यसका साथै छिमेकी देश भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताउनु भयो ।

 “हेल्थयादआयो”काहेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्यशिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो । शिविरमा“हेल्थ यादआयो”को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा,अनिषश्रेष्ठ र सिमन प्रसाद लगायतले रगत संकलनतथा परामर्श सेवा दिएका थिए । 

सहकार्य  गर्ने वी केयर हेल्थ सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. आयुष्मा ध्वजु, डा. रोजिना जोशी, दिप्ती घिमीरे, श्रृष्टि राई, जानुका पराजुली, अस्तिमा श्रेष्ठ, सुरेन्द्र गौतम, प्रकाशअधिकारी, विशाल चौलागाईं, फुर्वा शेर्पा, सविना न्यौपाने, निरज मल्लले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिनुभएको थियो भने सूर्य डाइग्नोष्टिक ल्यावको तर्फबाट ल्यावटेक्नीसियन सभ्यता ढकालर अभिषेक लामाले रगत संकलन र परिक्षण सेवा उपलब्ध गराएका थिए ।

उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर मार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif