मंगलवार, १८ चैत्र, २०८१

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २७ फाल्गुन, २०८१

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

२७ फागुन २०८१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

डा. शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत जिम्मेवारी सम्‍हालेका थिए । नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औं तहका कर्मचारी हुन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif