राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २ चैत्र, २०८२
२०८२ चैैैत्र २, काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरे नियुक्त भएकी छन् । सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन् ।
नियुक्ति प्रक्रिया प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) अन्तर्गत गठित सिफारिस समितिको सिफारिस र दफा ४ को उपदफा (२) अनुसार पूरा गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नियुक्तिपछि सोमै दिन उनलाई आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ दिलाएका थिए । कार्यक्रममा इन्द्रबहादुर बानियाँ, किरण थापा मगर, जयराम थापा लगायतको उपस्थित रहेको थियो ।