सोमबार, ११ कार्तिक, २०८२

चितवनमा बस र इभी ठक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ असार, २०८२

चितवनमा बस र इभी ठक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

७ असार २०८२, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती,मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी,हाल नामथर वतन नखुलेको बर्ष १८/१९ की महिला, नामथर नखुलेकी अं. बर्ष २४/२५ की महिला, नामथर नखुलेको अं. बर्ष २२/२३ को पुरुष,नामथर नखुलेकी वर्ष ३०/३५ की गर्भवती महिला र नामथर नखुलेको अं.वर्ष ३५/४० को पुरुष रहेका छन्।मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको प्रहरीले अनुमान गरिएको छ। 

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676553851.gif