सोमबार, ११ कार्तिक, २०८२

नेकपा एमाले सम्पर्क मंच संचालन सम्बन्धि प्रशिक्षण सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ श्रावण, २०८१

नेकपा एमाले सम्पर्क मंच संचालन सम्बन्धि प्रशिक्षण सम्पन्न

काठमाडौँ। नेकपा एमाले अर्घाखाँची काठमाडौँ सम्पर्क मंच को आयोजनामा सम्पर्क मंच संचालन सम्बन्धि प्रशिक्षण काठमाडौँमा सम्पन्न  भएको छ ।

नेकपा एमाले सम्पर्क  समन्वय कमिटिका सह संयोजक क थानेश्वर बस्याल प्रमुख प्रशिक्षक रहनु भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै बस्यालले पालिका  नै सम्पर्क क्षेत्रको बलियो आधार भएकोले पालिका क्षेत्रमा संगठन निर्माण गरि पार्टीका नीति नियमका बिषयमा बुझाउनु पर्ने बताउनु भयो। नेकपा एमाले  सम्पर्क सामान्य कमिटि सल्लाहकार  परिषदका उपाध्यक्ष भोज बहादुर शाहले प्रशिक्षणले पुनर्ताजगी गराउने भएकोले ध्यानपूर्वक प्रशिक्षणमा सहभागी हुनु पर्ने बताउनु भयो। नेकपा एमाले सम्पर्क सामान्य कमिटि प्रचार बिभाग प्रमुख रामहरी शाही समुन्द्रीले पालिका सम्पर्क मंच  नै सम्पर्क क्षेत्रका जग भएकाले यसलाई बलियो र बिस्तार  गर्न प्रशिक्षण महत्वपूर्ण हुने बताउनु भयो। 

त्येस्तै कार्यक्रमको दोश्रो सत्रमा शेयर बजार सम्बन्धमा आधारभूत तालिम संचालन भएको थियो  । शेयर बजारमा लगानी गर्दा कसरि गर्ने ? कहिले गर्ने ?जस्ता आधारभूत बिषयमा प्रशिक्षण गरिएको थियो।प्रशिक्षण कार्यक्रम मंचका अध्यक्ष मधु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। 

नेकपा एमाले सम्पर्क मंच संचालन सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1676551537.gif