राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ५ आश्विन, २०८१
काठमाडौँ। नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको विभिन्न चाडवाड लक्षित शुभकामना आदान प्रदान तथा मुल्यांकन घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी उपाध्यक्ष कमरेड युबराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सम्पर्क समन्वय कमिटी संयोजक कमरेड श्याम कुमार बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको उध्घाटन प्रमुख अतिथी ज्ञवालिले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।
जिल्ला सम्पर्क मंचहरुको बार्षिक गतिविधिमा आधारित भएर गरिएको मुल्यांकनमा रामेछाप काठमाडौँ सम्पर्क मन्च प्रथम भएको छ । यस्तै समग्र सम्पर्क मन्चहरुमा गुल्मी काठमाडौँ सम्पर्क मंचले द्धितिय स्थानमा आफ्नो नाम लेखाउन सफल भएको छ ।
तृतीय स्थान हासिल गर्न ओखलढुंगा काठमाडौँ मन्च सम्पर्क सफल भएको छ । समग्र मुल्यांकनमा प्रदेश सम्पर्क कमिटीहरुमा बागमती प्रदेश सम्पर्क कमिटीले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसैगरी लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्धितिय स्थानमा पर्न सफल भएको छ । तृतीय स्थानमा भने कोशी प्रदेश सम्पर्क कमिटिले बाजि मारेको छ ।कार्यक्रममा पार्टी उपाध्यक्ष ज्ञवालिले पार्टी जिवनकालागी सम्पर्क मंचहरुका गतिविधि बिरामिकालागी स्लाइन पानीजस्तै भएको बताउनु भयो ।
कार्यक्रमलाइ सम्पर्क समन्वय कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितले पनि सम्बोधन गर्नुभएको थियो ।विभिन्न प्रदेशको स्थानीयता झल्किने सास्कृतिक कार्यक्रम र झाकिहरुले कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । साथमा राष्ट्रिय जनसास्कृतिक महासङ्घका कलाकारहरुको प्रस्तुतिले उपस्थित सबैलाई उत्साहित बनाएको थियो ।
पार्टीको सम्पार्क बिभागका प्रथम इन्चार्ज कमरेड मोहनचन्द्र अधिकारीलाई प्रमुख अतिथि ज्ञवालिले सम्मान गर्नभएको थियो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य कमरेड नरेन्द्र श्रेष्ठ , केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कमरेड इन्द्र भण्डारी सहितका नेताहरूले अतिथ्यता गर्नुभएको थियो ।कार्यक्रम संचालन सम्पर्क समन्वय कमिटी सचिब आर सि लामिछानेले गर्नुभएको थियो ।