राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २० भाद्र, २०८१
तस्विर: सामाजिक संजाल
काठमाडौं, भदौ २० । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ । नेपाली सेनाको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको हो ।
मकवानपुरको थाहा नगरपालिका-४ मा बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका ४ कुर्सीको मोडमा आगलागी भएको हो। ट्रक जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।