राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
१६ असार २०८२, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित निर्माणाधीन चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा श्रमिक बर्दिया घर भई हाल काठमाडौँमा काम गर्ने अन्दाजी २२ वर्षका विशाल चौधरी कैलाली घर भई हाल काठमाडौँ बसेर काम गर्ने अन्दाजी ३२ वर्षका प्रदेशी चौधरी र रहेका छन् ।
आज सोमबार साँझ करिब ५ बजेको समयम उनीहरु चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए ।
तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।