राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ असार, २०८२
१४ असार २०८२, ललितपुर । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकिएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको चाहनाअनुरुप विभिन्न चुनौती पार गर्दै पुनःनिर्माण सकिएको हो ।
स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परे पनि लामो समय पश्चात मन्दिरको पुन:निर्माण काम सकिएको छ। पुन:निर्माण सकिएसँगै मन्दिर पुरानै शैलीमा सुन्दर देखिएको छ ।
