बिहीबार, ३१ बैशाख, २०८३

रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

२०८२ फागुन १८, रामेछाप । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने स्‍थानमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जित दुर्घटनामा परेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

गाडीबाट हाम फालेका तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  

advertisement_1676553851.gif