बिहीबार, ३१ बैशाख, २०८३

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु

२०८२ फागुन १८, रामेछाप । रामेछापमा भएको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु भएको छ ।

आज मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका(२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो ।

घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार ९ख० मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो । दुर्घटनामा ६ जना घाइते छन् ।

advertisement_1676553851.gif