बिहीबार, ३१ बैशाख, २०८३

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ फाल्गुन, २०८२

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

२०८२ फागुन ११, काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका ५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

उहाँका अनुसार उक्त बस अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो । दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा मृतकको विवरण यसप्रकार छ–

१. Stewart Dominic Ethan नाम भएको वर्ष २४ का पुरुष (British नागरिक)

२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४० को विवेक बस्नेत

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ को चन्द्र बहादुर ढेंकर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साविक सत्यदेवी–८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ढुंगाना

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल

७. जिल्ला काठमाडौंको बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष २९ का लोमाङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ४५/४६ का हरि प्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी वर्ष ५५ को नबिन्द्र श्रेष्ठ

१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)

११. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५/५० को पुरुष व्यक्ति

१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeet लेखिएको ट्याटु)

१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष १९/२० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चंगेरो र गिटारको त्बततयय)

१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५२ को पुरुष व्यक्ति

१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३६ की महिला

१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला

१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला

दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । १० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676553908.gif