बुधबार, २४ भाद्र, २०८३

बाढीको जोखिम रहेको भन्दै विष्णुमति र धोवीखोलामा सतर्कता आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ भाद्र, २०८३

बाढीको जोखिम रहेको भन्दै विष्णुमति र धोवीखोलामा सतर्कता आह्वान

२०८३ भदौ १५ काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे एक आपतकालीन सूचना जारी गर्दै विष्णुमति र धोबीखोलासहित काठमाडौँका विभिन्न नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार लगातारको भारी वर्षाका कारण नदीहरूमा जलसतह तीव्र गतिमा बढिरहेको छ । विशेष गरी गोङ्गबु जलमापन केन्द्रमा विष्णुमति नदीको जलसतहले खतराको तह छुनै लागेको र स्थिति जोखिमपूर्ण बन्दै गएको जनाइएको छ ।

नदी आसपासका होचो भूभागमा पानी पस्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा, सवारी चालक तथा सर्वसाधारणलाई नदी किनारमा नजान र आवश्यक सतर्कता अपनाउन महाशाखाले ध्यानाकर्षण गराएको छ ।

advertisement_1676998982.gif