राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ९ असार, २०८०
म्याग्दी, । म्याग्दीमा चट्याङ लागेर भेडा मरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका हुन ।
अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीका अनुसार आज १ बजेतिर परेको चट्याङले लागेर अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर ४५ भेडा मरेको जानकारी दिनुभयो ।
कृषकले पशु सेवा शाखामा सम्पर्क गरि ४५ भेडा मर्नुको साथै लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्
अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति हुनुको साथै ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।