सोमबार, २० माघ, २०८२

पत्रकार दिनेश सिटौलाको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

पत्रकार दिनेश सिटौलाको निधन

२०८२ माघ १८, काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । आइतबार मध्याह्न १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो । जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

advertisement_1680627680.gif