बुधबार, २४ भाद्र, २०८३

रसुवा बाढीपीडितका लागि पूर्वमन्त्री विक्रम पाण्डेद्वारा १ करोड १ लाख सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३

रसुवा बाढीपीडितका लागि पूर्वमन्त्री विक्रम पाण्डेद्वारा १ करोड १ लाख सहयोग

२०८३ भदौ ११ काठमाडौँ । पूर्वमन्त्री एवं वरिष्ठ समाजसेवी विक्रम पाण्डेले रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

पूर्वमन्त्री पाण्डेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपद्को कठिन परिस्थितिमा राज्य तथा सम्बन्धित निकायलाई राहत र उद्धारका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको बताइएको छ ।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग आवश्यक हुने भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको पाण्डेको भनाइ छ । उहाँले विगतदेखि नै विभिन्न विपद् तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन् ।

विशेषगरी जंगली जनावरबाट प्रभावित नागरिक, भूकम्पपीडित तथा बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको पीडामा मल्हम लगाउने उद्देश्यले पाण्डेले विभिन्न समयमा राहत तथा सहयोग उपलब्ध गराउँदै आउनुभएको बताइएको छ ।

रसुवामा पछिल्लो समय आएको बाढीका कारण स्थानीय नागरिकको जनजीवन प्रभावित हुनुका साथै घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको अवस्थामा राहत र उद्धारका लागि ठूलो आर्थिक स्रोत आवश्यक देखिएको छ । यस्तो अवस्थामा पाण्डेबाट प्रदान गरिएको १ करोड १ लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकसम्म राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको यस महत्वपूर्ण सहयोगले विपद्मा परेका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार र पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

advertisement_1676551694.gif