राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ भदौ २३ काठमाडौं । सरकारले सहसचिव इन्दु घिमिरेलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत उनी, गृह मन्त्रालयमा सरुवा भएका पूर्वसचिव केदारनाथ शर्माको स्थानमा रिक्त रहेको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छिन् ।