शुक्रबार, ३ जेष्ठ, २०८२

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २४ चैत्र, २०८०

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । इलाम-२ र बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उपनिर्वाचनका लागि आयोगले आज उम्मेदवारी दर्ता गर्न लागेको हो।

मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ। भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ।

चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो ।

आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा  पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif