बुधबार, १९ चैत्र, २०८१

आश्माकुमारी केसीले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ श्रावण, २०८१

आश्माकुमारी केसीले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौं, साउन १९ । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

यसैगरी श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको विधामा कृति श्रेष्ठले उपाधी हात पारिन्  ।

विजेताहरूले २५-२५ हजार नगद पुरस्कार पाएका छन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif